एजेन्सी/बेइजिङ : मंगलबार चीनमा महामारी कोराना भाइरसका थप २७ संक्रमित भेटिएका छन्। पछिल्लो समय चीनमा कोरोनाका बिरामी बढ्न थालेका हुन्।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अनुसार संक्रमितमध्ये ५ जना बाहिरबाट आएका हुन्। बाँकी २२ जना सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रका रहेका छन्।
यसैगरी मंगलबार १७ कोरोनाका बिरामी डिस्चार्ज हुँदा कुनै पनि मृत्यु नभएको आयोगले जनाएको छ।
हालसम्म चीनमा ८४ हजार ४९१ संक्रमित हुँदा ७९ हजार ४७ जना निको भइसकेका छन्। साथै ४ हजार ६३४ जनाको ज्यान गएको छ।
Discussion about this post